मुम्बईबाट ४ दिनअघि आएका थिए झापाका १५ नयाँ संक्रमित

विविध

काठमाडौँ । झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ ।

झापा केचनकवल गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका सबै संक्रमितहरु केही दिनअघि भारतको मुम्बईबाट आएको खुलेको छ । ४ दिन अघि भारतबाट नेपाल प्रवेश गरेका उनीहरुलाई दक्षिणा क्वारेन्टाइनमा राखिएको थियो । मंगलवार ६५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म आएको रिपोर्ट अनुसार १५ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । मुम्बईबाट आएकाहरुकोमा संक्रमण देखिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको र क्वारेन्टाइन र होल्डिङ सेन्टरको व्यवस्था छ ।

भारतले रेलमार्ग सञ्चालन सुरु गरेका कारण नेपाल भित्रिने क्रम बढेको छ । आज मात्रै झापासँगै सुनसरी र धनकुटामा थप एक एक जनामा संक्रमण देखिएको थियो ।