‘लिपुलेक जान’ हिँडेका चन्द समूहका आठ कार्यकर्ता दार्चुलामा पक्राउ

विविध

भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका चन्द समूहका आठ जना कार्यकर्तालाई प्रहरीले दार्चुलामा पक्राउ गरेको छ।

क���लाली। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ । सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।

उनले लिपुलेक जान भनी हिँडेका ८ जनालाई लौगाड गाउपालिका-१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए। पक्राउ परेकाहरूलाई दार्चुलास्थित सदरमुकाम खलंगा ल्याइदै गरेको डिआईजी सुबेदीले बताए। उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।