काठमाडौं सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले “‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’” अभियान सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत अब हरेक दिन एक जना नेपालीलाई लखपति बनाइने तथा प्रत्येक महिनामा दुई जनाले बम्पर पुरस्कारस्वरूप “१०–१० लाख रुपैयाँ” प्राप्त गर्ने व्यवस्था गरिएको छ।
सरकारका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन्। नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीको सक्कली बिलमा उल्लेख भएको **बिल नम्बर** नै पुरस्कार छनोटको आधार हुनेछ।
योजनाअन्तर्गत उपभोक्ताले सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्नेछ। त्यही बिल नम्बरबाट लखपति छनोट गरिने सरकारको व्यवस्था छ।

सरकारले हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन अर्थात् पाक्षिक रूपमा लखपति योजनाको नतिजा सार्वजनिक गर्ने जनाएको छ।
कि यस अभियानले सक्कली बिल लिने संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै कर छली नियन्त्रण, कारोबारको पारदर्शिता अभिवृद्धि र राजस्व संकलनमा सकारात्मक योगदान पुर्याउने सरकारको विश्वास छ।
बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे बिस्तृत जान्न कार्यविधि पढ्नुहोस् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

