Budget Implementation Mode: अर्थमन्त्री वाग्लेले सचिवहरूसँग थाले उच्चस्तरीय समीक्षा

Headlines आर्थिक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीस्वरूप सम्बन्धित मन्त्रालयहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।

अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा भर्खरै सुरु भएको बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष रूपमा सम्बन्धित प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।

अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भइरहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा बजेट कार्यान्वयनको रणनीति, मन्त्रालयगत प्राथमिकता, अन्तरमन्त्रालय समन्वय तथा निर्धारित लक्ष्य समयमै हासिल गर्ने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।