एजेन्सी, ७ जेठ । छिमेकी राष्ट्र भारतमा १ लाख ६ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण भएको छ । यस भाइरसका कारण भारतमै ३ हजार ३ सय २ को मृत्यु भएको छ । ४२ हजार ३ सय ९ कोरोना संक्रमित पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
विश्वमा ४९ लाख ८२ हजार ८ सय ७५ कोरोना संक्रमित रहेका छन् । यस भाइरसका कारण विश्वका ३ लाख २४ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन् । यसका साथै १९ लाख ५६ हजार ३ सय ६१ जना निको भएका छन् ।
