इटहरी, ६ जेष्ठ। इटहरी २ का एक युवामा कोरोना संक्रमण देखिए सँगै इटहरीका वडा नम्बर २ र ३ पाँच दिन शिल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको छ।
इटहरीका दुई वडा सँगै इटहरीमा औषधी पसल बाहेक सम्पूर्ण पसलहरुमा बन्द गर्ने निर्णय गरेको छ।
इटहरीका सुरक्षा संयन्त्र र उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीच भएको बैठकले इटहरीलाई पाँच दिन सम्म शिल गर्ने निर्णय गरेको इटहरी वडानम्बर ६ का वडाअध्यक्ष दिपक गौतमले बताए।

इटहरी क्षेत्रका सम्पूर्ण बजारहरु बन्द रहनेछन। साे अवधिभर सर्वसाधरणले हिड्न समेत पाउने छैनन्। संक्रमित युवाका छरछिमेकी तथा उनका सम्पर्कमा आएकाहरुको आरडिटी टेष्ट गरिने समेत निर्णय भएकाे वताइएकाे छ। आवश्यकता अनुसार पिसिआर परिक्षण गर्ने सहमती भएको वडाअध्यक्ष गौतमले जानकारी दिए।
