६, जेठ । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ।
अस्पताल स्राेतका अनुसार रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मृत्यु भएकाे हाे। अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन्। उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।
क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो। उनको मृत्युको कारण खुल्न सकेकाे छैन।

