२०७७ जेष्ठ ०४ : काठमाडौँ – लकडाउनको मोडालिटी र अवधिबारे छलफल गर्न कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक शुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरू भएको एक सदस्यले जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन गएको ११ चैतदेखि जारी लकडाउनको पछिल्लोपटक थपिएको अवधि भोलि, ५ जेठबाट सकिँदैछ ।
संक्रमितको संख्या दिनदिनै बढिरहेको र हिजो मात्र कोभिड– १९ बाट एकजनाको मृत्यु समेत भएको सन्दर्भमा आउँदा दिनको सम्भावित भयावह अवस्थाको आकलन गर्दै लकडाउनको अवधि कति दिन थप्ने र मोडालिटी कस्तो हुनेबारे बैठकमा छलफल हुने बताइएको छ ।२ जेठमा समितिले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताएका थिए ।
आजको बैठकमा लकडाउनको समीक्षा गर्दै कति दिन लम्ब्याउने र स्वरूप कस्तो बनाउने भन्नेबारे समितिले निर्णय गरी सरकारलाई सिफारिस गर्नेछ । आ


