२०७७ जेष्ठ ०४ : काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि उनको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।