इजरायलका लागि चिनियाँ राजदूत अपार्टमेन्टमा मृत भेटिए

विविध

२०७७ जेष्ठ ०४ : काठमाडौँ  – इजरायलका लागि चिनियाँ राजदूत मृत भेटिएका छन् । बेलायती प्रसारण संस्था ९बिबिसी० अनुसार राजदूत दु वेई  आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत भेटिएका हुन्। उनको मृत्युको कारणबारे खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि युक्रेनका लागि राजदूत रहेका वेई गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए ।  मध्य फेब्रुअरीमा कार्यभार सम्हाल्न इजरायल पुगेका उनी सुरूमा १४ दिन क्वारेन्टिनमा बसेका थिए ।