गणतन्त्र दिवस आज: टुँडीखेलमा विशेष समारोह, देशभर विविध कार्यक्रम

Headlines समाचार

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशभर विभिन्न विशेष कार्यक्रम आयोजना गरिएका छन् । दिवसको मुख्य समारोह काठमाडौंस्थित सैनिक मञ्च टुँडीखेलमा सम्पन्न भइरहेको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधान सभाको ऐतिहासिक बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो ।