सचिवालय बैठक आज बस्दै

विविध

 २०७७ जेष्ठ ०२  : काठमाडौँ  – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आकस्मिक रुपमा सचिवालय बैठक बोलाउनु भएको हो ।

नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा सचिवालय बैठकमा छलफल हुने बुझिएको छ  । यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो ।