एफएनसीसीआई निर्वाचन: एसोसिएट्सतर्फ सचिन ढकाल शीर्ष मत सहित १७ सदस्य निर्वाचित 

Headlines आर्थिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। हालै सम्पन्न मतगणनाअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने १७ जना उम्मेदवार निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार सचिन ढकाल सर्वाधिक १३१८ मतसहित विजयी भएका छन्। त्यसपछि हेमन्त गोल्छाले १२०२ मत, अम्बिका प्रसाद पौडेलले ११८३ मत र उज्ज्वल कुमार श्रेष्ठले ११४६ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै शक्ति कुमार बेगानीले ११४२, ऋषि अग्रवालले ११२२, राजेश कुमार अग्रवालले १०८२ र सुयस प्याकुरेलले १०६९ मत ल्याएर महासंघको एसोसियट सदस्यमा स्थान सुरक्षित गरेका छन्।

यसैगरी सुशील थापा १०५४, रामशरण भण्डारी १०४३, बाबु काजी कार्की १००६, दिवश न्यौपाने ९९१, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जी.सी. ९४५, सुरज उप्रेती ९०७, कृष्णलाल महर्जन ८७४ र डा. रामशरण थपलिया ८६७ मतसहित विजयी भएका छन्।

एसोसियट सदस्यतर्फको नतिजा सार्वजनिक भएसँगै अब एसोसियट उपाध्यक्ष पदको परिणाम आउन बाँकी रहेको छ। उक्त पदका लागि प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच प्रतिस्पर्धा भएको छ।