इट्टा पाखामा शताब्दी औँ देखिको फल्चाको पुन:निर्माणका लागी शिलान्यास

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका-८ ले पवित्र पाशुपत क्षेत्रको इट्टा पाखामा शताब्दीऔँ देखिको ऐतिहासिक फल्चाको पुन:निर्माणको लागि शिलान्यास गरेको छ ।

सोमबार सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान सङ्गत, वडा सदस्य सरस्वती राज भण्डारी, राजलक्ष्मी भुसाल लगायत स्थानीयको उपस्थितिमा शिलान्यास गरिएको हो ।

करिब १४ लाख बजेटमा पुनःनिर्माण हुने फल्चा एक तल्लाको रहने छ ।