सिंहदरबारअगाडि प्रहरीलाई मुक्का हान्‍ने चाईनिज नागरिक VIVO मोबाईलका कन्ट्री म्यानेजर

विविध

बैशाख २७, २०७७ काठमाडौं : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा लकडाउनको समयमा स्वदेश फर्कन पाऊँ भन्दै प्रर्दशन गर्ने क्रममा नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ पक्राउ परेका छन्। चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका हुन्। उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।
३२ वर्षीय गेभिन र ३३ वर्षीय एलई ओ लाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। अन्य दुईजनालाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। भिभोका कन्ट्री म्यानेजर गेभिन उनका साथीहरु राजधानीको लाजिम्पाटमा फ्ल्याटमा बस्दै आएको खुलेको छ।

महानगरीय प्रहरी वृत टेकुका अनुसार पक्राउ गरिएका ७० जना चिनियाँ नागरिकमध्येमा ४३ जनालाई छोडिएको छ। प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार ती चिनियाँले निषेधित क्षेत्रमा हुलहुजज्तसँगै लकडाउनको पनि उलंघन गरेका थिए। उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात पनि गरेका छन्। सिंहदरबार अगाडि प्रर्दशन गर्ने क्रममा ४७ जना पक्राउ परेका थिए। ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए। उनीहरु लकडाउनको उलंघन गर्दै ‘वी वान्ट टु गो ब्यााक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

उनीहरुले प्रहरीको लाठी खोसेर आक्रमण गरेका थिए। चिनियाँ नागरिकको समूहले प्रहरीमाथि लात्ती र मुक्का बर्साउँदा सिंहदरबार बृत्तका डिएसपी हरिबहादुर बस्‍नेतको टाउको नै फुटेको थियो। झडपमा अन्य तीजना प्रहरी पनि घाइते भएका छन्।त्यसक्रममा सम्यमित देखिएको प्रहरीले पनि आत्मरक्षाका लागि उनीहरुमाथि लाठी हानेको थियो। चिनियाँ नागरिले आक्रमण गर्दा बस्नेतको टाउकामा चोट लागेपछि तत्कालै ब्यान्डेज गरिएको थियो। उनी रगताम्य भएका थिए। भद्रकाली क्षेत्रबाट आएका उनीहरुलाई प्रहरीले रोक्न खोजेपनि हुलहुज्जत गर्दै सिंहदरबारको मूलगेट अगाडि पुगेका थिए। प्रदर्शनमा सहभागीमध्ये पर्यटक राहदानीमा घुम्‍न आएका चिनियाँ पनि छन्। उनीहरु ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएपछि तनाव भएको थियो।