भट्ट कनेक्शनपछि ठूला घराना घेराबन्दीमा: शंकर ग्रुपका सुलभ अग्रवाल बयानमा

Headlines समाचार

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेका छन् ।

विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि बोलाइएको हो र उनीविरुद्ध विभागमा अनुसन्धान जारी छ ।

यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका थिए । व्यवसायी दीपक भट्ट पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान विस्तार गरेको जनाएको छ ।