काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका भट्टलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा उपस्थित गराएको थियो ।

