काठमाडौँ । रामेश्वर खनाल ले अब अर्थ मन्त्रालयका नियमित काममा सहभागी नहुने घोषणा गरेका छन्। निर्वाचनको मत परिणामको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बिहीबार पेस भएसँगै उनले ‘कुलिङ पिरियड’ सुरु भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्— “Cooling period begins from today. No more name-tagged trial balloon, please.” साथै उनले अब आफ्नो नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउन आग्रह गरेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डे का अनुसार नयाँ मन्त्री नियुक्त नहुँदासम्म मन्त्रालयमा नीतिगत निर्णयहरू रोकिनेछन्, तर दैनिक प्रशासनिक काम भने निरन्तर अघि बढ्नेछ।

हाल सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको भए पनि उक्त प्रक्रियामा कुनै अवरोध नआउने मन्त्रालयले जनाएको छ।

