काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पराजित भएका थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन्।

