सरकारले अर्बौंको राहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पारेको आरोप

Headlines समाचार

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्ताएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदासिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षति भएको जनाए ।

त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,‘जनमतको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत देखापर्यो ।’

गणेश नेपालीको आत्मदाह, माइतीघरमा लक्ष्मीदेवीको आत्मदाह प्रयास, सप्तरीमा सडकमै सुत्केरी हुनुपर्ने बाध्यता, सुकुम्बासी बस्तीमा डोजर, बीमा कार्यक्रम बन्दलगायतका घटनाले वर्तमान सरकार उच्च वर्गको सेवक भएको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बाढी पीडितको राहत तथा उद्धारका लागि सरकारी कोषमा जम्मा भएको अरबौं रकम थुपारीएको र १० प्रतिशत भन्दा कम परिचालन गरिएको आरोप लगाए ।

वर्तमान सरकारले तत्का लागि अन्तराष्ट्रिय निकायहरुलाई उद्धार कार्यमा अनुमति नदिदा अत्याधिक मानवीय क्षति भएको जनाए । जेनजी आन्दोलनलाई अपहरण गरी सोहीको जगमा दुई तिहाई प्राप्त गरेको जनविरोधी सरकार रहेको आरोप लगाए ।

भण्डारीले पूरानाको असन्तुष्टि पोख्न जनताले रास्वपालाई अत्याधिक मत दिएर ठूलो गल्ती गरेको जिकिर गरे ।

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारले वर्तमान सरकारले बढी पीडितका लागि एकद्वार प्रणाली लगाएर परिस्थितिलाई थापा असहज सहजभन्दा हसहज बनाएको आरोप लगाए ।

श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले वर्तमान सरकारले गरिव जनतालाई उठिबास लगाउने खोजेको र प्राकृतिक विपदमा परेका जनताको राहत तथा उद्धारमासमेत खेलबाढ गरेको आरोप लगाए ।

समृद्धि फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापाले आफू रसुवालगायतका ठाउँमा गएर राहत सामग्री वितरण गरेको जानकारी दिए ।

उनले बाढी पीडितहरुलाई अत्यावश्यक सामग्रीको पनि अभाव भएको जानकारी दिए । जेनजी अभियन्ता सुप्रिया नेपालीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर बनेको वर्तमान सरकार जनविरोधी भएको बताइन् ।