काठमाडौं । काठमाडौं जिल्लाका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विजयी हुने लगभग निश्चित भएको छ।
हालसम्म १० वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ र सबै क्षेत्र्मा रास्वपाका उम्मेदवार बिजयी भएका छन |
यसअघि काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरेकी छन्

