एक पुरुष र एक महिलाद्वारा एकैपटक आत्महत्या

विविध

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा  एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।

श्रेष्ठका श्रीमती र छोरा तथा  खड्काका श्रीमान् र  छोरा रहेको   जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।  दुवै बुटवलमा बस्दै आएका थिए ।