केही दिनयता मात्रै १ सय ४५ वटा बस काठमाडौं भित्रिएको प्रहरी स्रोतले जनाएको छ ।
सोमबार बिहान ६ देखि ११ बजेसम्म मात्रै ५५ वटा बस भित्रिए
काठमाडौँ / लकडाउनले काठमाडौंको बसाइ कठिन भएको, गाउँ जान पाए कमसेकम भोकै मरिन्दैन भन्दै केहि दिन अघिसम्म गाउँ फर्कनेको लर्को देखिन्थ्यो । कतिपय घर फर्किन समस्या भो भनेर रुवाबासी गरेको पनि पाइयो । तर एकाएक दृश्य परिवर्तन भयो केहि दिनमा नै ……….

सोमबार बिहानसम्म प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कोरोनाबाट सुरक्षित ठानेर निर्बाध रूपमा उपत्यकामा आए । सञ्चारमाध्यमले निगरानी गर्न थालेपछि भने प्रहरीले बाहिरबाट आउने यात्रुको विवरण टिप्न थालेको छ । एक सातायता उपत्यकामा अलपत्र सर्वसाधारण लिन भन्दै आउने बसहरूले बाहिरबाट समेत यात्रु ल्याइरहेका हुन् । कहिले कुन समय कति बस भित्रिए भन्ने विवरण प्रहरीसँग छ, तर कसले कहाँ बस्ने यात्रु उपत्यका भित्र्याए भन्ने छैन । आइतबार साँझसम्म प्रहरीले काठमाडौं प्रवेश गर्ने बसको नम्बर र यात्रु संख्यामात्रै राख्ने गरेको थियो । सोमबार बिहानदेखि मात्रै नाम, ठेगाना, मोबाइल नम्बर टिप्न थालेको छ । कोभिड–१९ संक्रमित धेरै पाइएको प्रदेशबाट काठमाडौं आउने यात्रुको संख्या बढिरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बाहिरिने मजदुर बढी छन् भने काठमाडौं आउनेहरूमा घर भएका र आफन्त यतै भएकाहरू छन् ।
नागढुंगा नाकामा यात्रुबाहक बसको चाप चढेपछि धादिङ प्रहरीले नौबिसेमा बाहिरबाट आएको बस रोकेको थियो । यसरी रोकिनेमा सुदूरपश्चिम र कर्णालीबाट आएको यात्रुबस बढी थियो । नागढुंगा प्रहरीले बाहिरबाट बसमा यात्रुलाई रोकेपछि नौबिसे र झयाप्ले खोला हुँदै जंगलको बाटोबाट हिँडेर यात्रुहरु थानकोट निस्कने गरेका थिए । बिहान १० बजेभन्दा अघि आउने बसका यात्रुलाई नागढुंङगा प्रहरीले रोकेपछि यात्रु लिएर आएको बसले नौबिसेमै काठमाडौं आउने यात्रु झारेका थिए । नागढुंगामा बिराटनगरबाट आएका सहित ६१ जना यात्रु दिनभरि रोकिए । उनीहरुलाई नागढुंगाबाट थानकोटतर्फ आउन दिइएको थिएन । ६ बजे मात्रै प्रहरीले छाडेको हो ।
नागढुंगामा कडाइ गरेपछि नौबिसेबाटै हिँडेर यात्रुहरु थानकोट निस्केका हुन् ।
यो सब हुँदै गर्दा काठमाडौँका जनता भने भयभित भए । सामाजिक संजालमार्फत धेरैले रिस पोखे , हुन पनि हो ।।।केहि दिन अगाडी यहि काठमाडौँ बिरानो, काठमाडौँले खान दिएन , अनि अचानक अहिले यहि काठमाडौँ सुरक्षित ?
कुरो काठमाडौँ भित्रिनेको मात्र पनि हैन …..यत्रो महामारिको बीच अलिकति हैसियत भएका र खान लाउन पुग्ने त जहाँ बसेका छन् त्यही बसिदिए हुन्थ्यो , जो साचिकै पिडित हुन् उनीहरुलाई चाहिं सरकारले नै गन्तब्यसम्म पुग्ने व्यवस्था गर्नुपर्ने हो ।
हिजो काठमाडौँ सुरक्षित छैन भनेर रातारात जति पनि पैसा तिरेर बाहिरिने , अब गाउ सुरक्षित छैन भनेर चर्को भाडा तिरेर काठमाडौँ भित्रिने जमात के साचिकै पिडित हुन् त ? यिनीहरु त अवसरवादी हुन् यो जमातले आफुलाई त संक्रमणको जोखिममा पारी नै सकेको छ साथसाथै यिनीहरु जहाँ जहाँ जान्छन् त्यो क्षेत्रलाई असुरक्षित बनाईरहेका छन्…..
भोलि काठमाडौँ असुरक्षित भनेर यिनीहरु फेरि अर्को सहर रातारात नपस्लान भन्न सकिन्नन्……
यो यस्तो जमात हो जो न काठमाडौँका हुन सके न त आफ्नो गाउँका नै …..कसैको हुन नसकेका यो जमातबाट सावधान !!!! यिनीहरु पनि एक किसिमका भाइरस नै हुन् !!!!

