मुस्तांग १ मा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

राजनीति

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

थकालीले ३ हजार ३०७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत पाए।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।