रेशम चौधरीको उम्मेदवारी खारेज

राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ । यससँगै उनी चुनाव लड्न अयोग्य भएका छन् । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका थिए ।

टीकापुर–१, कैलालीका सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उजुरी दर्ता गराएका थिए । चौधरीलाई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दामा अन्तिम फैसला भइसकेकाले उनको मनोनयन पत्र बदर गरी खारेज गर्न माग गरिएको थियो ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरी भने निर्वाचन आयोगले खारेज गर्दै उनको उम्मेदवारी कायम गरेको छ ।