एसईई परीक्षा चैत १९ देखि, २९ सम्म सञ्चालन हुने

स्वास्थ्य-शिक्षा

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता हुनुपर्ने भए पनि निर्वाचनका कारण मिति परिवर्तन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको निर्णयअनुसार चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने तय भएको जानकारी दिए ।

परीक्षा सञ्चालनका सबै तयारीहरू सोही कार्यतालिकाअनुसार अघि बढाइने छन् । बोर्डले विद्यार्थी, अभिभावक र विद्यालयलाई नयाँ मितिअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको छ ।