काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवार डा. शम्भु पोखरेलको उम्मेदवारी दर्ता

राजनीति

काठमाडौं । स्वतन्त्र उम्मेदवार डा. शम्भु पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।डा. पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन आयोगमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता पश्चात प्रतिक्रिया दिँदै उनले नेपालको आर्थिक विकासमा ठोस टेवा पुर्याउने स्पष्ट उद्देश्यसहित निर्वाचनमा सहभागी भएको बताए ।
उनले देश बदल्नैपर्छ भन्ने दृढ संकल्पका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता सार्वजनिक गरे ।

डा. पोखरेलले नेपाललाई ट्रिलियन डलरको अर्थतन्त्र तर्फ लैजाने स्पष्ट खाका सहित आफू चुनावी मैदानमा होमिएको बताए । उनका अनुसार आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र दीर्घकालीन आर्थिक सुधार उनका प्रमुख एजेन्डा हुन् । आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यलाई केन्द्रमा राखेर आफ्नो चुनावी अभियान अघि बढाइएको उनले स्पष्ट पारे ।