रास्वपा सभापति रवि लामिछानेको वारेसमार्फत उम्मेदवारी दर्ता

राजनीति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। उनले चितवन क्षेत्र नम्बर २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

सहकारीसम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्जमा रहेकाले समयमा उपस्थित हुन नसक्दा वारेस पठाएर उम्मेदवारी दर्ता गरिएको जनाइएको छ। पार्टीका अनुसार महानगर सभापति सीता ज्ञवालीले वारेस लिएर उम्मेदवारी दर्ता गराएकी हुन्। जिल्ला सभापति कृष्ण भुसालले उक्त जानकारी दिएका छन्।