प्रधानमन्त्री र सभामुखबीच भेट

विविध

काठमाडौँ   – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि सभामुख सापकोटा बुधबार बिहान प्रधानमन्त्री निबास बालुवाटार पुगेका थिए ।

दुवैबीच तीन विषयमा छलफल भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनका अनुसार, संघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषय, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा छलफल भएको हो ।