शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालका मिडियाको कार्यशैली र अपरिपक्वता उपर घुमाउरो हिसाबले प्रश्न खडा गरेका छन् अत्यन्त भाद्र र शालीन रुपमा प्रस्तुत हुने ढकालको आजको प्रस्तुतिमा उनी सरकार तर्फ पनि निक्कै कडा देखिन्थे | मिडिया माथि प्रश्न गर्दै उनले भने \म आजको यस कार्यक्रमबाट मुलुकका जिम्मेवार सञ्चारकर्मी साथीहरूसँग पनि विनम्र आग्रह गर्न चाहन्छु । संचार जगत भनेको मुलुकका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको पनि अनुगमन गर्ने राज्यको चौथो अंग हो ।
त्यसैले मिडिया भनेको न्यायाधिशको पनि न्यायाधिश हो भनिन्छ । भन्ने पनि गरिएको छ— कुनै एकजना चिकित्सकले उपचारका क्रममा लापरवाही ग¥यो भने एकजना विरामीलाई असर हुनसक्छ । तर, एकजना पत्रकारको गलत समाचारले सयौंको ज्यान जान सक्छ । अर्बौंको धन सम्पत्तिमा क्षति पुग्न सक्छ । हजारौँको रोजगारी गुम्न सक्छ । अर्बौंको राजश्व गुम्न सक्छ । त्यसैले सूचनाको यति ठूलो शक्ति तथा पत्रकारको यति गहन जिम्मेवारीको सही सदुपयोग होस् भन्ने मात्र मेरो आग्रह हो । हिजोका दिनका गलत समाचार र मिथ्या सूचनाले हामीले कस्तो क्षति ब्यहोर्नुप¥यो भन्ने तथ्य त हाम्रा सामू छर्लङ्गै छ ।
मिडिया आफैँमा जिम्मेबार निकाय भएकाले नै संविधानले मिडियामा कुनै नियन्त्रण नगर्ने ग्यारेन्टी गरेको हो भन्ने मलाई लाग्दछ । त्यसैले पनि सामाजिक न्याय, सदभाव, नागरिकका व्यक्तिगत स्वतन्त्रता र निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्दै देशभित्रै रोजगारी सृजना गर्ने वातावरणको प्रत्याभूति का लागि यहाँहरु आपैm सम्वेदनशील हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।

मुलुक जटिल मोडमा भएका बेला राज्यले सबै पेशा, व्यवसाय तथा क्षेत्रका नागरिकको भूमिका पनि थप जिम्मेवार र सम्वेदनशील खोज्छ भन्ने कुरा हामी सबैले मनन् गर्नुपर्दछ । हामी निजी क्षेत्र पनि राष्ट्र, समाज र व्यवसायिक धर्मप्रति प्रतिवद्ध हुनुपर्छ, र छौँ । महासंघद्धारा जारी व्यवसायिक आचार संहीता लगायत अन्य संगठनद्धारा तयार पारिएका असल व्यवसायिक अभ्यास एवं समय क्रममा थपिएका व्यवसायिक उत्तरदायित्वको निजी क्षेत्रले पुर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
