प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुदै

विविध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टवार्ता हुने भएको छ ।

अहिले केही बेरमा दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुन लागेको छ । स्रोतकाअनुसार त्यसको लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डले पूर्वमाओवादी केन्द्रका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । प्रचण्डले अहिले देखिएको विवाद बारे छलफल गर्न तत्काल सचिवालय बैठक बोलाउन, त्यसलगत्तै स्थायी कमिटी बोलाउन माग गर्ने गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली समुह र अर्का नेता माधवकुमार नेपाल समुहबीच सोमबार भएको छलफल सकारत्मक नभएपछि सबै समुह आआफ्नो रणनिति बनाउन व्यस्त रहेका छन् । आज बोलाउने भनिएको सचिवालय बैठक समेत अहिले सम्म बस्ने कुनै टुंगो देखिएको छैन ।