जैशिदेवल युथ क्लव द्वारा संचालित जैशिदेवल तेक्वान्दो डोजाङ्गका ९ खेलाडीहरुले भारतको कोलकाता अवस्थित Biswa Bangla Convention Centre, न्यूटाउनमा मिति २०२५ डिसेम्वर २१ देखि २३ गते सम्म आयोजित “The 9th India TIA Open International Taekwondo Championship 2025” मा सहभागिता जनाई ९ स्वर्ण, १ रजत र १ काँस्य सहित नेपालको लागि ११ अन्तराष्ट्रिय पदक जित्नुका साथ अन्तराष्ट्रिय मंचमा राष्ट्रको नाम उच्च राख्न सफल भएको छ । उक्त अन्तराष्ट्रिय प्रतियोगितामा पुम्से विधा तर्फ रोजेन प्रजापति – स्वर्ण, मुविक्क्षा गजुरेल – स्वर्ण, वितिशा तामाङ्ग – रजत पदक जित्न सफल भएका छन् ।

त्यसै गरि गेरोगी विधा तर्फ अभिमन्यु गजुरेल – स्वर्ण, वितिशा तामाङ्ग – स्वर्ण, यमुना जर्गा मगर – स्वर्ण, अनमोल थापा मगर – स्वर्ण, सुप्रिया जोशी – स्वर्ण, राजिव गुरुङ्ग – स्वर्ण, मुविक्क्षा गजुरेल – स्वर्ण तथा राहुल हाङ्ग लिम्बुले – काँस्य पदक जित्न सफल भएका छन ।

प्रतियोगितामा आयोजक राष्ट्र भारत सहित नेपाल र अन्य मुलुक गरि कुल ६९० खेलाडीहरुले विभिन्न विधामा प्रतिशपर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा जैशिदेवल युथ क्लवका अध्यक्ष एवं जैशिदेवल तेक्वान्दो डोजाङ्गका प्रमुख राजेश प्रजापतिको नेतृत्वमा ९ खेलाडी सहित ४ अफिसियल्सहरु अन्जीत राई टिम प्रशिक्षक, भरत कारन्जित टिम प्रवन्ध र संजय ध्वज जोशी टिम संयोजकको रुपमा सहभागिता रहेको छ भने यस प्रतियोगितामा सहभागिता जनाउदा लाग्ने सम्पूर्ण खर्च क्लवको रहेको छ ।

