जमानत बुझाएर रिहा भए रवि लामिछाने

राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा रहेका लामिछाने आज भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा बैंक जमानतमार्फत कुल २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर छुटेका हुन् ।

बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।