लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्ने

खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्ने ‌

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ गर्ने निर्णय गरेसँगै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो ।

एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।