Corona

संक्रमित बढेपछि श्रीलंकामा २४ घण्टा कर्फ्यू

विविध

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि श्रीलंकामा २४ घण्टा कर्फ्यू लगाइएको छ । शुक्रबार ४६ जनामा संक्रमण देखिए पछि श्रीलंकामा २४ घण्टा कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।

कर्फ्यू उल्लंघन गर्ने ३० हजारलाई नियन्त्रणमा लिएको छ ।

चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना भाइरस ‘कोभिड( १९’ को महामारीका कारण विश्व दुनियाँ त्रसित छ । यस भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म १ लाख ९७ हजार ४ सय जनाको मृत्यु भएको छ भने २८ लाख ३४ हजार २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या ८ लाख ७ हजार ७ सय २२ रहेको छ ।