काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा महरा थुनामा रहेका थिए।
बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
