“चुनाव सुरक्षा व्यवस्थामा नेपाली सेना: राष्ट्रपतिबाट हरियो झण्डा”

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।

यसअघि सरकारले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै सो प्रस्ताव राष्ट्रपतिकहाँ पठाएको थियो। उक्त प्रस्तावअनुसार राष्ट्रपति पौडेलले आज औपचारिक स्वीकृति प्रदान गरेका हुन्।