बागलुङकी १९ वर्षीया युवतीले कोरोनालाई जितिन्

विविध

काठमाडौं । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई धौलागिरि अञ्चल अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।