काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व शेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ परेका महाजुलाई ठाकुर प्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका मुद्दामा छानबिन भइरहेको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार अनुसन्धान क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम जम्मा भएको भेटिएको छ।

