काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
जनकपुरको टोली
आसिफ शेख (मार्की), अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्नेल, इम्रान ताहिर, जान निकोल लोफ्टी इटोन, सञ्जय कृष्णमुर्ती
काठमाडौं गोर्खाज
करण केसी (मार्की) भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, बेन चाल्र्सवर्थ र सन्नी पटेल
