कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको स्थगित भएको छ । शनिबार बस्ने भनिएको बैठक स्थगित भएको हो ।
शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।
