बढ्यो सेयर बजार, नेप्से ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा

बैंक/वित्त

काठमाडौं । मंगलबार शेयर बजारमा झिनो अंकको सुधार आउदै नेप्से ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको छ।नेप्सेमा सामान्य सुधार आउँदा हालै सूचीकृत भएका कम्पनीहरुको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

पछिल्लो समय सूचीकृत भएका कम्पनीको शेयरको माग बढ्दा सबैजसो कम्पनीको शेयर भाउमा दैनिक सकारात्मक सर्किट लागेको छ । नेप्सेमा हालै सूचीकृत भएका बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, दरमखोला हाइड्रोपावर, स्वस्तिक लघुवित्त लगायतको शेयरको माग उच्च रहेको छ ।

लाभांश घोषणा गरेपछि शाइन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर भाउ पनि बढेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।