दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं आईजीपी नियुक्त

समाचार

काठमाडौं । नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नयाँ आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हुन्। वर्तमान प्रहरी महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। खापुङको अवकाश नजिकिँदै गर्दा सरकारले सोमबार नै उनको उत्तराधिकारीका रूपमा कार्कीलाई आईजीपीमा नियुक्त गरेको हो।