जनकपुर र उदयपुरमा थप दुई जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार जनकपुरमा १४ वर्षीय पुरुष र उदयपुरमा ५५ वर्षको पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको परीक्षण राष्टिय जनस्वास्थ्य प्रयोगशालामा भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

