बालुवाटारमा त्रिपक्षीय बैठक जारी

राजनीति

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक जारी छ ।

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा रहेको हो ।

यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।

यसैबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।

सरकार, राजनीतिक दल र जेनजी त्रीपक्षिय संवादमा बालुवाटारमा बैठकमा सहभागीजेनजी प्रतिनिधिको सूची

मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन
सरकार, राजनीतिक दल र जेनजी त्रीपक्षिय संवादमा बालुवाटारमा बैठकमा सहभागी राजनीतिक दलका नेताहरु
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह