
काठमाडौं – संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा शनिवार पहिलो हिन्दू मन्दिरको शिलान्यास कार्यक्रममा सयौं मानिस सहभागी भएका छन् ।
मन्दिरको निर्माण श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले गरिरहेको छ । संस्थाका आध्यात्मिक प्रमुख महन्त स्वामी महाराजले करीब चार घन्टाको कार्यक्रमको अध्यक्षता गरेका थिए ।

मन्दिरको निर्माण कार्य पूरा भएपछि यो मन्दिर सार्वभौमिक मानवीय मूल्य र आध्यात्मिक नैतिकताको प्रतीक बन्ने र यो भारत तथा यूएईको साझा विरासत बन्ने भारतीय राजदूत नवदीप सूरीलेबताए ।
सूरीले अबु धाबीको मन्दिर वैदिक मूल्यको प्रतीक रहेको बताए ।
अबु धाबीमा मन्दिर बनाउने योजनालाई सन् २०१५ मा मोदीको यूएई यात्राका बेलामा स्थानीय सरकारले स्वीकृति दिएको थियो ।
(एजेन्सी)
