
काठमाडौं, ९ बैशाख । ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरेको भन्दै नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
आयकर ऐन–२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार एनसेलले सर्बाेच्चमा मुद्दा दायर गरेको हो । गतसाता ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५सय ६६ रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।

साथै एनसेललाई यसअघि तिरेको रकम कटाएर बाँकी सात दिनभित्र तिर्न भनेको थियो । ७ दिने म्याद सकिनु अघिल्लो दिन एनसेल सर्वोच्च अदालतमा गएको हो । रिट निवेदनमा कर निर्धारण नगर्दासम्म एनसेलको व्यापार व्यवसायमा व्यवधान नगर्न परमादेशको माग गरिएको छ ।
