काठमाडौँ – ब्राजिली राष्ट्रपति जायर बोल्सोनारो देशमा लगाइएको लकडाउन हटाउन माग गर्दै भएको प्रदर्शनमा आफैँ सहभागी भएका छन् ।
जसका कारण उनको चर्को आलोचना भएको छ । राजधानी ब्राजिलियास्थित सैन्य मुख्यालयबाहिर भेला भएका केही सय प्रदर्शनकारीलाई उनले सम्बोधन पनि गरेका थिए ।
सो प्रदर्शनमा भेला भएका केहीले देशमा सैन्य शासन लागू हुनुपर्ने माग पनि राखेका थिए । बोल्सोनारोको मतविरुद्ध ब्राजिलमा गभर्नरहरुले लकडाउन लगाएका छन् ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट २४ सय जनाको ज्यान गइसकेको छ भने ३८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
