काठमाडौं । इजरायलको राजधानी तेल अवीवमा सोमवार हजारौँको संख्यामा मानिसहरु एकत्रित भएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
सोसल डिस्टेन्सिङको ख्याल राख्दै हजारौँ संख्यामा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले अनुहार ढाकेर सरकारको विरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ब्ल्याक फ्ल्याग आन्दोलनमा सहभागी २ हजार भन्दा धेरै प्रदर्शनकारीले कोरोना भाइरसविरुद्ध प्रहरीले बनाएको नियममाथि असहमत जनाउँदै प्रदर्शन गरेका थिए ।
आन्दोलनमा नागरिकहरुका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा लागू गरिएको फोन ट्र्याकिङ रहेको थियो ।
प्रधानमन्त्री नेतान्याहु र उनको लोकतान्त्रिकविरोधी उपायहरुको विरोध गर्दै प्रदर्शनकारीहरु कारमा चढेर येरुशलमसम्म पुगेका थिए ।
कोरोना भाइरसकासाथ शुरु भएको लोकतान्त्रिक विरोधी बिल पासमा जनताहरुले असहमती जनाउँदै आएका छन् ।
प्रधानमन्त्री नेतान्याहु र उनका औपचारिक प्रतिद्वदी बेनी गेन्ट्जकाबीच भएको कुराकानीलाई लिएर पनि प्रदर्शनकारीले चेतावनी दिएका छन् ।
दुबैले मिलेर सरकार बनाउँदा राजनीति अस्थिरता हुने भन्दै त्यहाँ प्रदर्शनकारीले विरोध गर्दै आएका छन् ।
एजेन्सीको सहयोगमा
