काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँको अवसरमा काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेल नक्शाल भगवती मन्दिर पुगेर पूजा–आराधना गर्दै टीका र प्रसाद ग्रहण गरेका हुन्।
दसैँको अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखले उपत्यकाका विभिन्न शक्तिपीठमा दर्शन गर्ने परम्परा रहँदै आएको छ। आज बडा दसैँको आठौँ दिन मुलुकभर माता दुर्गा भवानीको पूजा–आराधना गरी मनाइँदैछ।

